PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

'मान' हराएका प्रकाश, यादव थपिएका जितेन्द्र : अखिल अध्यक्ष नवीनाको उद्घोषणले निम्त्याएको हाँसो



सविन ढकाल

'मान' हराएका प्रकाश, यादव थपिएका जितेन्द्र : अखिल अध्यक्ष नवीनाको उद्घोषणले निम्त्याएको हाँसो

काठमाडौँ : केही महिनाअघि नयाँ शक्ति पार्टीको उद्घाटन कार्यक्रमा उद्घोषण गरेकी नायिका करिश्मा मानन्धरले गरेका गल्तिहरुका कारण उनी केही समय आलोचनाको पात्र बनिन्। बिहीबार राजधानीका भएको एक कार्यक्रममा अनेरास्ववियुकी अध्यक्ष नविना लामाले यस्तै गल्तीहरु गरिन्।

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुको संयुक्त आयोजनामा बिहीबार राजधानीमा संविधान कार्यन्वय र संशोधन बिषयमा विचार गोष्ठी कार्यक्रम भयो। कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि विभिन्न दलका शीर्ष नेताहरुको उपस्थिति थियो। काठमाडौँको प्रज्ञा भवनमा भएको कार्यक्रममा एमाले निकट १० हजार युवा, विद्यार्थी, कार्यकर्ताको उपस्थिति भएको कार्यक्रममा नै जानकारी गराइएको थियो।

कार्यक्रममा उद्घोषण गर्ने जिम्मेवारी अनेरास्वयुकी अध्यक्ष नविना लामालाई दिइएको थियो। करिव ४ घण्टाको कार्यक्रममा उद्घोषण गरेकी लामाले गरेका गल्तीले हलमा पटक पटक हाँसोको फोहरा छुटाएको थियो।
 
यस्ता थिए नविनाले कार्यक्रममा गरेका केही गल्तीहरु-

१.नविनाले कार्यक्रमको शुरुमा नै अतिथिको स्वागत गर्दा पहिलो गल्ती गरिन्। नेपाली कांग्रेसका नेता प्रकाशमान सिहलाई अतिथिमा स्वागत गर्दा प्रकाश सिंह मात्र भनिन् जसले गर्दा प्रकाशमान सिंह नै आसन ग्रहण गर्न अकमकाए। लामाले 'मान' भन्न नै छुटाइन्।

२. अतिथिको रुपमा आएका राप्रपाका अध्यक्ष कमल थापालाई बोल्नको लागि स्टेजमा बोलाउँदा उनले राप्रपा नेपाल र राप्रपा एकीकरण भएर राप्रपा भएको भन्ने नै भुलिन्। त्यसैले उनले अब आफ्नो धारणा राख्न राप्रपा नेपालका अध्यक्ष कमल थापा आउनु हुँदैछ भनिन्। उनले गरेको यो गल्तीलाई अध्यक्ष थापाले मात्र होइन एमालेका उपाध्यक्ष भीम रावलले समेत सच्चाउन लगाए।
 
३. अतिथिकै रुपमा आएका पहिले एमाले भए पनि अहिले फोरम लोकतान्त्रिका वरिष्ठ नेता रहेका जीतेन्द्र देवलाई उनले जीतेन्द्र देव यादव भन्दै पटक-पटक सम्वोधन गरिन्। अन्तत: जितेन्द्रले स्टेजमा गएर आफू यादव, झा केही नभएको मात्र जीतेन्द्र देव भएको भन्दै एउटा कथन नै सुनाए।
 
४. कार्यक्रममा उनले बैकुण्ठ महरलाई सम्वोधन गर्ने क्रममा बैकुण्ठ महत भनेर सम्वोधन गरेकी थिइन्।
 
(फोटो साभार : नवीनाको फेसबुक/वर्षा शाह)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell