काठमाडौं : यू टेलिभेन्चर्सले यूनिकोर्न मोबाइल नेपाली बजारमा ल्याएको छ। यू टेलिभेन्चर्स माइक्रोम्याक्स इर्न्फम्याटिक्सको सहायक कम्पनी हो। यो मोबाइल अनलाइन स्टोर केमुबाट किन्न सकिने कम्पनीले जनाएको छ।
केमुले ब्ल्याक फ्राइडेमा यो मोबाइल विशेष मूल्यमा पाइने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो उत्सब नोभेम्बर २५देखि २८ तारिखसम्म आयोजना हुनेछ।
फोनको डिजाइन २.५ डी ग्लास र पूरै मेटल बडी निर्मित छ। मोबाइलमा मिडियाटेक हेलियो पी १० अक्टा कोर प्रोसेसर, ४ जिबी र्याम र ३२ जिबी रोम रहेको कम्पनीले जनायो।
१३ मेगापिक्सेल अटो फोकस मुख्य क्यामेराले हरेक दिनको गतिविधिलाई जीवन्तता दिने र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेराले सेल्फी तस्बिर राम्रो आउने कम्पनीको दाबी छ। मोबाइलमा ४ हजार एमएएच ब्याट्री रहेको जनाउँदै कम्पनीले एकपल्ट फुल चार्ज गर्दा ४ दिन फोन प्रयोग गर्न सकिने जनाएको छ।