.jpg)
युरोपा लिग फुटबल प्रतियोगितामा म्यानचेष्टर युनाइटेडले फेयेनुर्डलाई ४-० ले पराजित गर्दै नकआउट चरण प्रवेश गर्ने सम्भावना कायम राखेको छ।
युनाइटेडको जितमा कप्तान वायन रुनी, हुँवा माटा र डजेस लिनगार्डले १/१ गोल गरे। फेयेनुर्डका ब्राडेली जोन्सले एक आत्मघाती गोल गरेका थिए।
फेयेनुर्ड विरुद्ध गोल गरेसँगै रुनी युरोपियन प्रतियोगितामा युनाइटेडका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। डच खेलाडी रुड भान निस्टोरलयलाई पछि पार्दै रुनीले ३९ गोल गरेका हुन्।
घरेलु मैदान ओल्र्ड ट्राफोर्डमा ३५ औं मिनेटमा गोल गरेका रुनीले ७५ औं मिनेटमा माटाको गोलमा पास मिलाइदिएका थिए। खेलको अन्त्यतिर लिनगार्डले गोल थपेपछि युनाइटेड फराकिलो अन्तरले विजयी भएको हो।Wayne Rooney has eclipsed Ruud van Nistelrooy and is now Manchester United's all-time top scorer in Europe (39)! 👏👏👏 #UEL #MUFC pic.twitter.com/hNJovgxKDs
— UEFA Europa League (@EuropaLeague) November 24, 2016
युनाइटेडले समूहको पहिलो खेलमा फेयेनुर्डसँग बेहोरेको हारको बदाला समेत दिएको छ।
जितपछि युनाइटेडको समूह ए मा ५ खेलबाट ९ अंक भएको छ। फेयेनुर्डको समान खेलबाट ७ अंक छ। अर्को खेलमा जोर्यालाई २-० ले हराएको टर्कीस क्लब फेनरवाचे १० अंकका समूहको शीर्ष स्थानमा छ।
डिसेम्बरमा हुने जोर्या विरुद्धको खेलमा जित वा बराबरीले युनाइटेड अन्तिम ३२ मा प्रवेश गर्नेछ। जोर्यासँग हारे पनि फेनेरवाचेले फेयेनुर्डलाई हराएको खण्डमा पनि युनाइटेड नकआउटमा पुग्नेछ।
युनाईटेडले शानदार जित हात पार्दा अर्को इंगलिस क्लब साउदह्याम्पटन भने चेक रिपव्लिकन क्लब स्पार्टा प्रागसँग १-० ले पराजित भएको छ। कोस्टा एनआमोनेसुले १२ औं मिनेटमा गरेको गोल नै प्रागको जितमा निर्णायक बनेको थियो।
हारपछि साउदह्याम्पटनले अन्तिम ३२ मा पुग्न हापोल विर शिभा विरुद्धको समूहको अन्तिम खेल जित्नैपर्ने दबाब छ। बराबरी वा पराजयले भने साउदह्याम्पटन समूह चरणबाटै बाहिरिनेछ।