.jpg)
नकआउट चरण प्रवेश गरिसकेका रसियन क्लब जेनिस सेन्ट पिटरसवर्ग, युक्रेनी क्लब शाख्तर डोनेस्क र जर्मन क्लब साल्केको युरोपा लिगमा शत प्रतिशत जित हात पारेका छन्।
यी तीन क्लबसँगै इटालियन क्लब रोमा, डच क्लब अयाक्स र चेक रिपब्लिकन क्लब स्पार्टा प्राग पनि समूह विजेता बन्ने निश्चित हुँदै नकआउट चरण प्रवेश गरेका छन्। अयाक्स पनि यस अघि नकआउट चरण प्रवेश गरिसकेको थियो।
यिनीहरुसँगै अन्य ७ क्लबलले पनि नकआउट चरणमा स्थान बनाउँदा सन् २०१० को युरोपियन च्याम्पियन्स लिग विजेता इटालियन क्लब इन्टर मिलान भने समूह चरणबाटै बाहिरिएको छ।
समूह एच को खेलमा शाख्तरले कोन्यासपोरलाई ४-० ले हरायो। अब्दुलकेरिमको आत्मघाती गोल मार्फत अग्रता लिएको शाख्तरका लागि डेनटिन्होले पहिलो हाफमा हग्रता दोब्बर पारे। दोस्रो हाफमा एडुआर्डो र बर्नाडले १/१ गोल थपेका थिए।
समूह आई को खेलमा सालेकेले फ्रेन्च लिग लिडर नाइसलाई २-० ले हरायो। शाख्तरको जितमा कोनोप्लाइन्का र डेनिस ओगोले १/१ गोल गरे।
यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै फ्रेन्च लिग वनको शीर्ष स्थानमा रहेको नाइस हारसँगै युरोपा लिगको समूह चरणबाटै बाहिरिएको छ।
यस्तै समूह डी को खेलमा जेनिथले मकाई तेल अभिवलाई २-० ले हरायो। जेनिथको जितमा अलेकजान्डर कोकोरिन र अलेजान्डर कोर्जाकोभले १/१ गोल गरे।
यता एडेन जेकोको ह्याट्रिम मद्वतमा रोमाले समूह ई को खेलमा भिक्टोरिया प्लेजनलाई ४-१ ले पराजित गर्दै समूह विजेता बन्यो। रोमाको जितमा डिएगो पेरोट्टीले अर्को गोल गरे।
यस्तै समूह जी को विजेता बनेको अयाक्सले पानाथिनाइकोसलाई २-० ले हरायो। डच क्लको जितमा लास्से स्कोनी र केनी टेटेले गोल गरे।
स्पार्टा प्रागले भने इंगलिस क्लब सादह्याम्पटनलाई १-० ले हरायो। यस्तै बेल्जियन क्लब एन्डरलेक्ट, एपोएल, एथ्लेटिक विल्वाओ, जेन्क, क्रासनोडर, ओलम्पियाकोस र सेन्ट एटिएने पनि आ आफ्नो खेलमा जित हात पार्दै नकआउट चरणमा प्रवेश गरेका छन्।
समूह चरणमा पाँचौं चरणको खेल समाप्तीसँगै १३ क्लबले अन्तिम ३२ मा स्थान बनाएका छन् भने १३ क्लब समूह चरणबाट आउट भएका छन्। समूह चरणका बाँकी २२ क्लब मध्ये अब ११ क्लबले नकआउट चरणमा स्थान बनाउनेछन्।
अन्तिम ३२ मा प्रतिस्पर्धा गर्ने अन्य ८ क्लब भने युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा तेस्रो स्थानमा रहने टीम हुनेछन्।