PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

मदिरा खाएका व्यक्तिको ढुंगा प्रहारबाट एक जनाको ज्यान गयो



पहिलोपोस्ट

बागलुङ : मदिराले लठ्ठ बनेका एक व्यक्तिले ढुंगा प्रहार गर्दा बागलुङमा अर्का एक जनाको ज्यान गएको छ।
 
बोबाङ–९ का लोचन विकले हानेको ढुङ्गा लागेर बोबाङ–७ कै ४७ वर्षीय चक्रबहादुर विकको ज्यान गएको हो। पसलबाट चामल बोकेर घर गइरहेका बेला चक्रबहादुरलाई फल्लेघर भन्ने ठाउँमा लोचनले ढुङ्गा प्रहार गरेका थिए। मदिरा सेवन गरेका लोचनले आपसी विवादका क्रममा ढुङ्गाले हानेको स्थानीय वीरबहादुर विकले बताए।
 
टाउकोमा चोट लागेर गम्भीर घाइते भएका विकको केही बेरमै ज्यान गएको थियो। ढुङ्गा प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रमुख प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell