PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

महिला हिंसाविरुद्धको सोह्रदिने अभियान सुरु, हिंसाविरुद्ध एकजुट हुन राष्ट्रपतिको आह्वान



पहिलोपोस्ट

काठमाडौँ : ‘घर शान्ति नै विश्व शान्तिको आधार : दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज’ नारासहित आजदेखि लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान–सुरु भएको छ।
 
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो दिवस मनाउने गरिन्छ। दिवसका अवसरमा महिला, बालिबालिका तथा समाजकल्याण मन्त्रालय सहित विभिन्न गैरसरकारी संघ संस्थाहरुले महिला हिंसाविरुद्ध विभिन्न कार्यक्रम गर्ने गर्छन्।
 
सन् १९६० नोभेम्बर २५ का दिन डोमेनिकन रिपब्लिकन सम्बद्ध तीन साहसी महिला दिदीबहिनीको तत्कालीन तानाशाह सरकारले कायरतापूर्वक हत्या गरेपछि १९९१ मा २० देशका २३ महिलाले महिला हिंसाविरुद्ध १६ दिने अभियानको सुरुआत गरेका हुन्। १७ डिसेम्बर १९९९ मा संयुक्त राष्ट्रसंघको महासभाले २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवसको रुपमा मनाउने घोषणा गरेपछि यो दिवस विश्वभर मनाइन्छ।
 
यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा एकजुट हुन आह्वान गरेकी छिन्। दाइजोको लेनदेन, छाउपडी जस्ता कुप्रथा कानुनले निषेध गरिसक्दा समेत अन्धविश्वास र चेतनाको कमीले गर्दा अहिले पनि महिलाहरु हिंसा, विभेद, अपमान र पीडा खप्न बाध्य रहेको भन्दै राष्ट्रपतिले समाजमा व्याप्त अन्धविश्वास, रुढी र कुसंस्कारलाई अन्त्य गर्न चेतना र जागरण फैलाउनुपर्नेमा जोड दिएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell