सुरुङ्गा (झापा) : झापाको सुरुङ्गामा जारी 'सहारा सुरुङ्गा गोल्डकप' फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय क्लब एपीएफ र रुपन्देही–११ भिड्ने भएका छन्।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा रुपन्देही–११ ले मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै रुपन्देही–११ सँगको फाइनल भेट पक्का गरेको हो।
निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरमार्फत लिइएको थियो। रुपन्देहीले मनाङलाई टाइब्रेकरमा ४–३ को गोलअन्तरले पछि पारेको हो।
रुपन्देहीको जितमा विक्रम लामा, रजिन धिमाल, विमल घर्ती मगर र दिलीप क्षेत्रीको प्रहार गोलमा परिणत भएको थियो भने मनाङका अनिल गुरुङ, हेमन गुरुङ र किरन चेम्जोङले मात्र गोल गरे।
मनाङका सुजल श्रेष्ठ र निराजन मल्लले गोल गर्न सकेनन्। रुपन्देहीका विजय धिमालको प्रहार पोस्टबाट बाहिरिएको थियो।
मनाङविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका रुपन्देहीका विक्रम लामा 'म्यान अफ द म्याच' घोषित भए। उनलाइ १५ हजार बराबरको एन्ड्रोइड फोन प्रदान गरिएको थियो।
पहिलो सेमिफाइनलको विभागिय डर्बीमा एपीएफले पनि नेपाल पुलिस क्लबलाई टाइब्रेकरमै ५–४ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
फाइनल खेल भोली शनिबार हुनेछ।