PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

पाठेघरमा क्यान्सर भएकी टुल्की उपचार अभावमा थलिँदै, एक महिनादेखि घर छोडेर सहयोगको खोजीमा



पहिलोपोस्ट

जुम्ला : आर्थिक अभावका कारण उपचार हुन नसक्दा क्यान्सरपीडित टुल्की नेपाली चरम पीडामा परेकी छिन्।
 
हुम्ला दार्मा–१ गर्खागाउँकी टुल्कीलाई पाठेघरको मुखमा क्यान्सर भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले थप उपचारका लागि कात्तिक २९ गते भरतपुर क्यान्सर अस्पताल चितवनमा सिफारिस गरेको थियो।
 
डेढ साता बितिसक्दा पनि उपचार हुन नसकेको उनका पति दलवीर नेपालीले दुखेसो गरे। 'आएदेखि एउटा होटलमा बसेका छौँ, उपचार गर्ने रकम पनि छैन,' उनले भने, 'उनको चौबीसै घन्टा गन्हाउने रगत बगिरहन्छ, होटलका मान्छे घिनलाग्दो मानेर जाऊ भन्न थालेका छन्।'
 
जुम्लाका डाक्टरको समूहले रु २० हजार उठाएर यहाँ पठाए पनि सकिनै लागेको उनको भनाइ छ।
 
एकातिर पत्नीको जीवन बचाउने सवाल अर्कोतिर घरमा बालबच्चाको चिन्ता। दोधारमा छन् विक। 'उपचारका लागि भरतपुरमा कतैबाट सहयोग मिलेको छैन तर काठमाडौँबाट एकजना महिलाले हामी उपचारमा सहयोग गर्छौं भन्नुभएको थियो, अहिले उहाँसँग सम्पर्क हुन सकेको छैन,' उनले सुनाए।
 
पाँच वर्षकी बालिका घरमा छोडेर नेपाली दम्पती गत कात्तिक १६ गतेबाट उपचारका लागि भौँतारिएका छन्। उनले आर्थिक सहयोग गर्न चाहनेका लागि मोबाइल नम्बर पनि दिएका छन्- ९८६८९४०४९६।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell