PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

भू-उपग्रहका लागि कसैको आवेदन नपरेपछि एक महिना म्याद थप, अमेरिकी र चिनियाँको चासो



पहिलोपोस्ट

भू-उपग्रहका लागि कसैको आवेदन नपरेपछि एक महिना म्याद थप, अमेरिकी र चिनियाँको चासो

काठमाडौं  : अन्तरिक्षमा आफ्नै भू-उपग्रह स्थापनाका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा कुनै पनि कम्पनीको आवेदन नपरेपछि टेण्डरको म्याद एक महिना थप भएको छ।
 
नेपाल दूरसंचार प्राधिकरणका अनुसार केही कम्पनीले आवेदन दिन इच्छुक रहे पनि समय अपुग भएकोले एक महिना थपिएको हो। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार भू-उपग्रह राख्न केही कम्पनी इच्छुक देखिएका छैनन्।
 
स्याटेलाइटका लागि अमेरिका, चीन, भारत, युरोपका विभिन्न देशहरु, दक्षिण कोरिया, क्यानडा, रुसका कम्पनीहरुले इच्छा देखाएको उनले बताए। तर उनीहरुले विजनेश मोडालिटी स्पष्ट पार्न आग्रह गरेका छन्।
 
अमेरिकी र चिनियाँ कम्पनीले भू-उपग्रहका लागि बढी चासो देखाएको अर्यालको भनाइ छ। ३२ वर्षअघि नै अन्तर्राष्ट्रिय दुरसञ्चार संगठन (आइटियु) ले नेपालका लागि भू-उपग्रह राख्ने स्थान दिएको थियो। नेपाललाई ५० र १२३.३ डिग्री पूर्वमा दुर्इ भू-उपग्रह राख्न अनुमति छ र अहिलेसम्म यो स्पेश खाली छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell