PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

टिभिएसको अपाचे आरटिआर-२०० फोरभी खरीदमा उपहार,२० हजारको रेसिङ गियर



पहिलोपोस्ट

टिभिएसको अपाचे आरटिआर-२०० फोरभी खरीदमा उपहार,२० हजारको रेसिङ गियर

काठमाडौं : जगदम्बा मोटर्सले टिभिएसको अपाचे आरटिआर-२०० फोरभी खरीद गर्ने ग्राहकलार्इ आकर्षक उपहार दिने भएको छ।
 
कम्पनीले यो बाइक खरीद गर्नेलार्इ २० हजार रुपैयाँ पर्ने टिभिएस ब्राण्डेड रेसिङ गियर दिने जनाएको छ। यो योजना शुक्रबारदेखि  मंसिर १६ गतेसम्म लागू हुने जनाएको छ।
 
कम्पनीले ब्राण्ड भ्यालु बढाउन यो योजना अघि सारेको हो। यो सिरिजका बाइकहरु रेसिङ थिममा आधारित, स्टाइलिस लुक तथा भिन्न खालको अनुभूति दिने भएकोले युवापुस्ता माझ लोकप्रिय छ। कम्पनीका अनुसार फ्यूल ट्याङ्की तथा पूर्ण डिजिटल डिस्प्लेले सवारीलाई थप रोमाञ्चक बनाउँछ।
 
बाइकमा प्रयोग भएको रेमोरा रेसीङ टायरले चढ्ने मानिसको शरीर नझुकीकनै सजिलैसँग बाटोको मजबुत पकड लिन सहायता गर्ने कम्पनीले जनाएको छ। बाइक रातो, पहेँलो, खैरो, कालो, सेतो, सेतो–कालो सात रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell