PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सरकारको बेवास्ताले केसीको अनसन लम्बिने, स्वास्थ्य गम्भीर, चिकित्सकहरु आन्दोलनमा



सविन ढकाल

सरकारको बेवास्ताले केसीको अनसन लम्बिने, स्वास्थ्य गम्भीर, चिकित्सकहरु आन्दोलनमा

काठमाडौं : दसौं अनसनको १३ दिनसम्म पनि डा. गोविन्द केसीको माग सम्बोधनप्रति सरकारले चासो नराख्दा उनको अनसन अझै लम्बिने देखिएको छ।
 
अहिलेसम्म सरकारले केसीसँग सामान्य किसिमको वार्ताको पहल समेत गरेको छैन। आमरण अनसनको १३औं दिन पुग्दा डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। उनी विभिन्न १० बुँदे मागसहित १०औं पटकको अनसनमा छन्।
 
उनलाई अहिले मुटुको धड्कन बढ्ने समस्याले सताउन थालेको छ। छैटौं पटक अनसन बस्दा पनि मुटुको चाल बढ्ने समस्याले सताएको थियो। यस पटक पनि सोही समस्या दोहोरिएको उनका सहयोगी डा. जीवन क्षेत्रीले बताए।

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिन प्राडा केशवप्रसाद सिंहलाई बर्खास्त गर्नुपर्ने र वरिष्ठताको आधारमा डिन नियुक्त गर्नुपर्ने लगायतका माग राख्दै उनी अनसनमा छन्।
 
यस्तै डा केसीको मागप्रति समर्थन जनाउँदै शुक्रबारबाट शिक्षण अस्पतालका आवसीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्। बहिरंग विभाग (ओपिडी) सेवा बन्द गरेर उनीहरु आन्दोलनमा उत्रिएका छन्।
 
आज नै उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विरोध र्‍यालीको समेत आयोजना गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell