PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

मधेस केन्द्रित नेताहरु पुगे रामदेवको योग शिविरमा



पहिलोपोस्ट

मधेस केन्द्रित नेताहरु पुगे रामदेवको योग शिविरमा

पर्सा : वीरगन्जस्थित आदर्शनगर रङ्गशालामा सञ्चालित ‘योग विज्ञान शिविर २०७३’ को दोस्रो दिनको आज मधेस केन्द्रित दलका नेताले उद्घाटन गरेका छन्।
 
पतञ्जलि योगपिठ नेपालद्वारा आयोजित उक्त योग शिविरको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले संयुक्त रुपमा उद्घाटन गरे।
 
सो अवसरमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले स्वास्थ्य शरीरमा स्वास्थ्य विचारले बास गर्ने र स्वास्थ्य विचारले मात्र समाज र राष्ट्रलाई भलो गर्ने बताए। 'यो शिविरले शरीरमा देखिएको स्वास्थ्य समस्या मात्र समाधान गर्दैन, यसले व्यक्तिको सोचलाई सकारात्मक बनाउने काम समेत गर्छ,' उनले भने, ‘सकारात्मक सोचले मात्र समाज र राष्ट्रलाई निर्माण गर्न सकिन्छ।’
 
शिविरका सहभागीलाई योगका आसनको प्रशिक्षण दिँदै पतञ्जलि योग पिठका संस्थापक अध्यक्ष योगगुरु रामदेवले स्वस्थ्य शरीरमा स्वास्थ्य विचारले बास गर्ने र स्वास्थ्य विचारले नै मानव सभ्यताको विकास क्रमलाई आगडि बढाउन सकिने बताए। उनले हिमाली, पहाडी र मधेसीभन्दा पनि नेपाली भएको भावनाले मुलुकको एकतालाई बलियो बनाउने हुँदा राष्ट्र विकासका लागि सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे।
 
बिहान ५ बजे सुरु भएको योग शिविरमा करिब सात हजार सर्वसाधारणको सहभागिता रहेको आयोजकले जनाएका छन्।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell