PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

मोर्चासँग कांग्रेसले थप छलफल गर्ने भएपछि आज संविधान संशोधन प्रस्ताव दर्ता नहुने



पहिलोपोस्ट

काठमाडौँ : संविधान संशोधन प्रस्ताव पेश गर्न डाकिएको मन्त्रिपरिषद् बैठक सरेको छ। सत्ता साझेदार कांग्रेसले मेधसी मोर्चासँग थप छलफल गर्ने निर्णय गरेसँगै मन्त्रिपरिषद् बैठक सरेको हो।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक डाकेका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बैठक सरेको जानकारी दिए।
 
यसअघि शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए। कांग्रेसले संविधान संशोधन अगाडि बढाउनुअघि मधेसी मोर्चाको स्पष्ट धारणा आउनुपर्ने बताएको थियो। प्रधानमन्त्री प्रचण्डले बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संविधान संशोधनबारे छलफल गरेका थिए। तर एमालेले संविधान संशोधन दर्ताकै विरोध गरेको थियो।
 
यसैबीच संविधान संशोधनबारे निर्णय लिन डाकिएको नेकपा माओवादी केन्द्रको हेडक्वाटर बैठक पनि सरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell