काठमाडौं : पटक-पटक आमरण अनसन बस्दै आएका डा. गोविन्द केसी यति बेला अनसनको १३औं दिनमा छन्। अर्थात् दसौं अनसनको तेह्रौं दिन। स्वास्थ्य अवस्था दिनदिनै निकै जटिल बन्दो छ तर पनि सरकार उनको मागप्रति उदासीन छ।
वरिष्ठताका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा डिन नियुक्त गर्नुपर्ने पनि उनको माग हो तर केही दिनअघि नियुक्त प्राडा केशवप्रसाद सिंहलाई पनि बर्खास्त गर्नुपर्ने उनको अडान छ।
डा. केसीले उठाएका मागप्रति समर्थन जनाउँदै शुक्रबारबाट शिक्षण अस्पतालका आवसीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्। बहिरंग विभाग (ओपिडी) सेवा समेत उनीहरुले बन्द गरेका छन्।
केसीका माग पूरा गराउन दबाब दिन आज दिउँसो उनीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे र सरकारको विरोध तथा केसीको समर्थनमा
नारा लगाए। तर यसपालि भने सहभागीको संख्या न्युन देखिन्थ्यो।
र्यालीमा पुगेर समर्थ रञ्जितले यसरी फोटो खिचेका छन्-