PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

तराई-पहाड टुक्र्याउनका लागि रहस्यमय कुराहरु भइराखेका छन् : केपी ओली



पहिलोपोस्ट

तराई-पहाड टुक्र्याउनका लागि रहस्यमय कुराहरु भइराखेका छन् : केपी ओली

पोखरा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई आवश्यक नपर्ने संविधान संशोधन आफूहरूलाई मान्य नहुने बताएका छन्।

पोखरा विमानस्थलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने, 'देश तथा जनताका हकअधिकारका सम्बन्धमा मात्र संविधान संशोधन हुन सक्छ। नत्र संशोधन केका लागि?'
 
सरकारले विवादलाई समाधान गर्नेभन्दा पनि बल्झाउनेतर्फ लागेको आरोप लगाउँदै उनले थपे, 'क्षेत्र नं–५ मा आक्रमण गरिएको छ, प्रदेश नं–४ को नवलपुर सम्बन्धमा विवाद झिकिएको छ, पहाड र तराई छुट्याउने सवालमा रहस्यात्मक कुरा भइरहेका छन्।'
 
२०७४ माघ ७ गतेसम्म चुनाव नभए राजनीतिक र संवैधानिक सङ्कट उत्पन्न हुने भए पनि त्यसतर्फ सरकारको कुनै तयारी नभएको उनले टिप्पणी गरे।
 
वर्तमान सरकारको काम संविधान संशोधनका लागि नभएर कार्यान्वयनका लागि भएको उनको भनाइ छ। सरकार संविधानको कार्यान्वयनतर्फ नलागी सङ्क्रमणकाललाई लम्ब्याउँदै संशोधनलाई प्राथमिकता दिएर अघि बढेको समेत उनले आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell