PahiloPost

Jun 15, 2025 | १ असार २०८२

संघीय समाजवादीका नेता सुवेदी भन्छन्- 'देशको अस्तित्व धरापमा परे एमालेले जिम्मा लिनुपर्छ'



पहिलोपोस्ट

संघीय समाजवादीका नेता सुवेदी भन्छन्- 'देशको अस्तित्व धरापमा परे एमालेले जिम्मा लिनुपर्छ'

काठमाडौं : संघीय समाजवादी फोरम नेपालका युवा नेता दुर्गामणि सुवेदीले एमालेले अवरोध गरे पनि संसदमा संविधान संशोधनको मस्यौदा दर्ता नरोकिने बताएका छन्। संशोधन दर्ता मात्रै होइन एमालेले असहयोग गरे पनि संशोधन प्रस्ताव संसदमा पारित हुने उनले दाबी गरे।
 
शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै सुवेदीले भने, ‘एमालेको अवरोधले संशोधन दर्ता कुनै पनि हालतमा रोकिँदैन, संसदमा गणितीय संख्याले संशोधन नरोकिने अवस्था देखेपछि एमाले आत्तिएको मात्रै हो।’
 
एमालेको अतिवादी सोंचले गर्दा मुलुकमा विखण्डनको खतरा उत्पन्न भएको उनले बताए। थपे, 'देशको अस्तित्व धरापमा परे त्यसको जिम्मेवारी एमालेले लिनुपर्छ।'
 
प्रधानमन्त्री प्रचण्डले पाँच पटक भाका सारेर पनि संशोधन प्रस्ताव संसदमा प्रस्तुत गर्न ढिलाइ गरेको प्रति उनले असन्तुष्टि जाहेर गरे। ‘संशोधन दर्ता गर्न अब थोरै पनि विलम्ब गर्न हुन्न। तर, संघीय गठबन्धनको मागविपरीत संशोधन गर्न खोजिए त्यो आफूहरुलाई स्वीकार्य हुँदैन,’ नेता सुवेदीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell