PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

सरकारले निर्वाचनको मिति चाँडै घोषणा गर्दैछ : गृहमन्त्री निधि



पहिलोपोस्ट

सरकारले निर्वाचनको मिति चाँडै घोषणा गर्दैछ : गृहमन्त्री निधि

काठमाडौँ : उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सबै राजनीतिक दलको सहमति र सहकार्यमा सरकारले निर्वाचनको मिति घोषणा गर्न लागेको बताएका छन्।
 
निर्वाचनको मिति घोषणा गर्न सरकारले राजनीतिक दलसित संवाद गरिरहेको र सहमति जुट्नासाथ मिति घोषणा हुने उनको भनाइ छ।
 
व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको आजको बैठकमा गृहमन्त्री निधिले सरकारका तर्फबाट निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिएका छन्। समितिमा विचाराधीन तीन  विधेयकलाई छिटो टुङ्गोमा पुर्‍याउन उनले आग्रह समेत गरे।
 
'तपाईंहरु समितिबाट छिटोभन्दा छिटो निर्वाचनसँग सम्बन्धित ती विधेयकलाई पारित गरिदिनुहोस्, सरकार निर्वाचनको मिति घोषणा गर्न आतुर छ,' मन्त्री निधिले भने।
 
समितिमा निर्वाचनसित सम्बन्धित राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३, निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३ र मतदाता नामावलीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३ विचाराधीन अवस्थामा रहेका छन्। संविधानमा २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रदेश र केन्द्रीय संसद् (तीन तह) को निर्वाचन सम्पन्न गरिसक्नुपर्ने प्रावधान रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell