काठमाडौं : नेपाल प्रहरीले हाडनाता करणी मुद्दामा फरार एक अभियुक्तलाई २४ वर्षपछि पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले नुवाकोट कल्याणपुर गाविस १ घर भई हाल ललितपुर बस्दै आएका ४१ वर्षका रेवकुमार खातीलाई पक्राउ गरेको हो।
पक्राउ गरेका खातीले २०५० असार १ गते एक महिलाको स्वास्थ परीक्षण गर्दा गर्भ रहेको र उक्त गर्भ रेवकुमारकै हाडनाता करणीका कारण भएको खुल्न आएको थियो। नुवाकोट जिल्ला अदालतले २०५१ वैशाख ५ गते हाडनाता करणी मुद्दामा उनलाई ३ वर्ष कैद ठहर गरेको थियो। कैद भुक्तान नहुँदै उनी फरार थिए।
पक्राउ परेका खातीलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।