PahiloPost

Jun 15, 2025 | १ असार २०८२

​संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षमा बस्नेत निर्वाचित



पहिलोपोस्ट

काठमाडौँ : संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षमा ललितबहादुर बस्नेत चयन भएका छन्। मञ्चको काठमाडौँमा भएको १४ औँ साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो। बस्नेत पूर्व राष्ट्रपति रामवरण यादवको कानुनी सल्लाहकार समेत भएका थिए।

त्यस्तै सरोजकृष्ण घिमिरे उपाध्यक्ष, ओमप्रकाश अर्याल महासचिव, अम्बर राउत सचिव र लिलाधर उपाध्याय कोषाध्यक्ष निर्वाचित भएका छन्।

मञ्च संवैधानिक कानुनमा दख्खल राख्ने कानुन व्यवसायीहरुको संगठन हो। राजाको प्रत्यक्ष शासनकालमा मञ्चले संविधानवादको पक्षमा वकालत गर्दै चर्चा कमाएको थियो।

संघको सदस्यहरुमा मनोज शर्मा, हर्कबहादुर रावल, दिनेश त्रिपाठी, रुद्र शर्मा, शर्मीला श्रेष्ठ र पवनकुमार जैसवाल चयन भएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell