PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

४ नम्बर प्रदेश टुक्र्याउन मिल्दैन– ओली



पहिलोपोस्ट

तनहुँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ४ नम्बर प्रदेशलाई कुनै पनि हालतमा टुक्र्याउन नहुने बताएका छन्। 

तनहुँ उद्योग वाणिज्य सङ्घ भिमाद बजार एकाइ समितिद्वारा भिमादमा आयोजित प्रथम भिमाद महोत्सव २०७३ को आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले बरु अन्य प्रदेशको कुनै भाग गाभ्न भने सकिन्छ भने।

खैरेनीटारदेखि नवलपरासीको कावासोती जोड्ने दुई दुई लेनको सडक तथा भिमाद पोखरा हुँदै जोमसोमसम्म हुलाकी मार्ग निर्माण र केरुङ काठमाडौँ मार्ग खोल्नमा उनले जोड दिए।

“तराईमा पूर्वपश्चिम विद्युतीय रेल चलाउन सकिन्छ” उनले भने “विकासको गतिविधि बढेसँगै रोजगारीको सिर्जना गर्न सकिने छ । ” 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले हिमाल, पहाड र तराईलाई नछुट्याई जोडेर प्रदेश बनाउनुपर्ने बताए। नेता गुरुङले राजनीतिक दलका नेतामा पछिल्लो समय विलासिता बढेकाले त्यसलाई न्यूनीकरण गर्न लाग्नुपर्नेमा उनले जोड दिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell