PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बोक्सी भन्दै ६० वर्षकी महिलालाई छिमेकीले गरे लछारपछार, टाउकोमा लगाउनु पर्‍यो चार टाँका



राधेश्याम पटेल

बोक्सी भन्दै ६० वर्षकी महिलालाई छिमेकीले गरे लछारपछार, टाउकोमा लगाउनु पर्‍यो चार टाँका

पर्सा : १६ दिने महिला हिंसा विरुद्धको अभियान सुरु भएकै दिन वीरगञ्जमा एक महिलालाई बोक्सीको आरोपमा कुटपिटको घटना सार्वजनिक भएको छ। 

पर्साको बहुअर्वा भाखा ६ की ६० वर्षिया महिलालाई छिमेकीले नातिलाई टुनामुना गरेर बिरामी पारेको भन्दै कुटपिट गरेका हुन्। 

पर्साको बहुअर्वा भाखा गाविस  गर्धौवलका  ५० वर्षिय रामानन्द मुखिया बिन र उनका छोरा २५ वर्षिय मुकेश मुखिया बिनले कुटपिट गरेका हुन्। 
बिहीबार राति आठ बजे उनीहरुले बिरामी नातिलाई टुनामुना गरेको आरोप लगाउँदै महिलालाई लछारपछार गरेर घरबाट निकालेर कुटपिट गरेका हुन्। 

उनीहरुले महिलालाई लाठीले टाउकोमा हिर्काएर घाइतेसमेत बनाएका छन्। महिला बेहोश भएपछि कुटपिटमा संलग्न बाबुछोरा भने गाउँ छाडेर भागेका छन्। 

महिलाका छोरा खेतबाट फर्किएपछि आमालाई खोज्दा बेहोश अवस्थामा भेट्टाएका थिए। बेहोश भएकी महिलालाई उनको छोराले अस्पताल पुर्‍याएका थिए।

महिलाको टाउकोमा चार टाँका लगाइएको छ। उनको नारायणी क्षेत्रीय अस्पतालमा सामान्य उपचार गरेपछि अहिले नेशनल मेडिकल कलेजमा भइरहेको छ। 

पीडित महिलाका छोराले प्रहरीमा ज्यान उद्योगमा मुद्दा दर्ता गरेका छन्। 

घटनाबारे अनुसन्धान र फरार अभियुक्तहरुको खोजी भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले  जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell