
इस्तानबुल (टर्की) : टर्कीमा विगत छ वर्षको समयमा एक हजार छ सय महिलाको हत्या गरिएको तथ्याङ्क सार्वजनिक भएको छ।
महिलाविरुद्ध हुने हिंसा उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार टर्कीको एक गैरसरकारी संस्थाले आफ्नो वेबसाइटमा यस तथ्याङ्कलाई सार्वजनिक गरेको छ।
महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रेसेप तैयप एर्डोगानले महिला हत्याका घटना भयानक देखिएकाले यसलाई नियन्त्रण गर्न सरकारलाई निर्देशन दिए।
उनले महिलालाई हेरिने सामाजिक धारणामा परिवर्तन नल्याए यस्ता घटनामा नियन्त्रण आउन नसक्ने भन्दै उहाँले यसका लागि सरकार, गैरसरकारी सङ्घसंस्था तथा समाजले सामाजिक एवम् सांस्कृतिक चेतना वृद्धि गर्ने किसिमका काम गर्न आग्रह गरे।
टर्कीमा सन् २०१६ मा मात्रै २४० महिलाले अकालमा ज्यान गुमाउनु परेको थियो।
त्यस्तै २०१ जना महिलाले आफूमाथि हत्या गर्ने षड्यन्त्र भएको सूचना सरकारी संयन्त्रलाई जानकारी गराए पनि उनीहरुले ज्यान बचाउन सकेका थिएनन्।
सन् २०१६ मा टर्कीमा डिभोर्स गर्ने प्रसङ्ग उठेपछि उनीहरुका श्रीमान्द्वारा हत्या गरिएका घटना पनि ३४१ भएको बताइएको छ । यस्तै ३०५ जना महिलाले यौन हिंसापछि ज्यान गुमाएका थिए। रासस/सिन्ह्वा