PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

​अमेरिकामा पारसको टोली २२ यार्डको लगातार तेस्रो जित, पारसले लिए २ विकेट



पहिलोपोस्ट

​अमेरिकामा पारसको टोली २२ यार्डको लगातार तेस्रो जित, पारसले लिए २ विकेट

अमेरिकामा भइरहेको युएस ओपन क्रिकेट प्रतियोगितामा नेपालका कप्तान पारस खड्काले खेलिरहेको टीम २२ यार्डले लगातार तेस्रो जित हासिल गरेको छ।

शनिबार सम्पन्न दुवै खेलमा २२ यार्ड टोली विजयी भएको छ। शनिबार भएको पहिलो खेलमा २२ यार्डले क्यालिफोर्निया बेर्सलाई ४ विकेटले हरायो भने एटलान्टा पारमभिर्सलाई ९ विकेटले पराजित गर्‍यो।

बिहीबारदेखि सुरु भएको टी २० क्रिकेट प्रतियोगितामा २२ यार्डले सिएटल ग्लाडिएटर्सलाई २०७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

पहिलो खेलमा विस्फोटक ब्याटिङ गरेका नेपालका कप्तान पारस खड्काले त्यसपछिका दुई खेलमा भने राम्रो प्रदर्शन गर्न सकेनन्। पारसको ब्याटबाट क्यालिफोर्नियाविरुद्ध मात्र ७ रन निस्कियो भने एटलानटाविरुद्ध १ रनमा आउट भए।
 
तर पहिलो खेलमा बलिङ नगरेका पारसले दोस्रो र तेस्रो खेलमा भने बलिङ गर्दै १/१ विकेट झारे। 

पारसले क्यालिफोर्नियाका एक खेलाडीलाई आउट गरे भने एक खेलाडीको क्याच समेत लिए। एटलान्टाविरुद्ध भने पारस विकेट मात्र लिन सफल भए।

प्रतियोगिताको ग्रुप टु मा रहेको पारसको टोली २२ यार्ठ लगातार तेस्रो जितसँगै ६ अंकका साथ शीर्ष स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell