PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

बसको ठक्करबाट एक जनाको मृत्यु, जिप सडकबाट खस्दा ११ यात्रु घाइते



पहिलोपोस्ट

कैलाली : कैलालीको अत्तरिया-६ हरैयामा आज बिहान बसको ठक्करबाट अत्तरिया-७ का ३७ वर्षीय भुवनेश्वर पन्तको मृत्यु भएको छ।
 
ना ५ ख २८४४ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रु पन्तको सेती अञ्चल अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो। बस र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।
 
यसैगरी, पाल्पाको अर्चलेमा आजै बिहान पौने १० बजे लु १ ज २८९४ नम्बरको जिप सडकबाट अन्दाजी १० मिटर तल खस्दा ११ जना घाइते भएका छन्।
 
घाइतेमध्ये चक्रबहादुर बयम्बु, लालबहादुर बयक्बु र मानबहादुर बयम्बुको अवस्था गम्भीर छ। घाइते सबैको रामपुर अस्पताल पाल्पामा उपचार भइरहेको र जिप चालकलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell