PahiloPost

Jun 15, 2025 | १ असार २०८२

​क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन



पहिलोपोस्ट

​क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन

क्युबाका पूर्वराष्ट्रपति एवम् क्रान्तिकारी नायक फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ। फिडेलका भाइ राउलले उनको निधनको पुष्टि गरेको बिबिसीले जनाएको छ।

सन् १९२६ मा जन्मेका क्यास्ट्रोको पूरा नाम फिडेल अलेजान्द्रो क्यास्ट्रो रुज हो।

आधा शताब्दीभन्दा बढी समय क्युबाको नेतृत्व गरेका फिडेलले सन् १९५९ देखि १९७६ सम्म प्रधानमन्त्री र त्यसपछि २००८ सम्म राष्ट्रपतिका रुपमा क्युबाको सत्ता सम्हालेका थिए।

२००८ यता भने फिडेलले रिटायर्ड लाइफ बिताएका थिए। २००८ पछि क्युबामा फिडेलकै भाइ राउल क्यास्ट्रो राष्ट्रपति छन्। फिडेल क्यास्ट्रो क्युबाकै मात्र नभएर विश्वभर नै क्रान्तिकारी नेताको छवि बनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell