PahiloPost

Dec 28, 2025 | १३ पुष २०८२

मोर्चाका नेताले नै अस्वीकार गरेपछि संशोधन प्रस्तावको औचित्य सकियो : नेता खनाल



पहिलोपोस्ट

मोर्चाका नेताले नै अस्वीकार गरेपछि संशोधन प्रस्तावको औचित्य सकियो : नेता खनाल

पर्सा : नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याउन लागेको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नभएको बताएका छन्।

प्रेस चौतारी नेपाल पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले संशोधन प्रस्तावलाई मधेसी मोर्चाका नेताले नै अस्वीकार गरेपछि प्रस्तावको औचित्य सकिएको बताए।
 
संविधानसभाबाट पारित भएको संविधानलाई लिएर मधेसी जनतामा कुनै समस्या नभएको तर मधेसवादी दल र तिनका कार्यकर्तामा समस्या देखिएको उनको भनाइ छ। नेता खनालले अहिले मुलुकलाई संविधान संशोधनभन्दा पनि संविधान कार्यान्वयनको आवश्यकता रहेको र यसका लागि काँग्रेस, एमाले र माओवादी केन्द्रबीच एकता आवश्यक रहेकोको जोड दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell