PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

गरिबी निर्मूल पारेर १० वर्षमै नेपाललाई चीन र भारतजत्तिकै शक्तिशाली बनाउँछौं : बाबुराम भट्टराई



पहिलोपोस्ट

गरिबी निर्मूल पारेर १० वर्षमै नेपाललाई चीन र भारतजत्तिकै शक्तिशाली बनाउँछौं : बाबुराम भट्टराई

उर्लाबारी : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले गरिबी निर्मूल पार्ने दाबी गरेका छन्।
 
कांग्रेसले राणा फालेको, एमालेले पञ्चायत फालेको, माओवादीले राजा फालेको प्रसंग उप्काउँदै संयोजक भट्टराईले भने, 'अब नयाँ शक्तिले मुलुकबाट गरिबी फाल्छ र समृद्ध नेपाल निर्माण गर्नेछ।' मुलुकलाई विकास र समृद्धितर्फ लैजानकै लागि नयाँ सोच र नयाँ विचारका साथ नयाँ शक्ति उदाएको उनले दाबी गरे।
 
मुलुकमा पाँच वर्षभित्र गरिबी निवारण गर्ने, १० वर्षभित्र छिमेकी चीन र भारत जत्तिकै शक्तिशाली बन्ने र २५ वर्षभित्र मुलुकलाई विश्वकै शक्तिशाली मुलुकबीच खडा गर्ने आफ्नो योजना रहेको उनले बताए।

नयाँ शक्ति नेपाल गाउँ समितिले सञ्चालनमा ल्याएको दूध डेरीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने उनी आज मोरङको हसन्दह आइपुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell