PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

अस्ट्रेलिया पुगेर परराष्ट्रमन्त्रीले भने- 'नेपालमा लगानी गरी मातृभूमिप्रति कर्तव्य निभाउनुस्'



पहिलोपोस्ट

अस्ट्रेलिया पुगेर परराष्ट्रमन्त्रीले भने- 'नेपालमा लगानी गरी मातृभूमिप्रति कर्तव्य निभाउनुस्'

काठमाडौँ : परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा विकासको ठूलो सम्भावना रहेको भन्दै ती सम्भावनाको पहिचान गरी नेपाल निर्माण गर्ने अभियानमा लगानी गर्न विदेशमा रहेका नेपालीहरुलाई आग्रह गरेका छन्।
 
अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीको सहभागितामा गैरआवासीय नेपाली सङघ (एनआरएनए) अष्ट्रेलिया र अष्ट्रेलिया स्थित नेपाली दूतावासद्वारा आयोजित नेपाल महोत्सव (फेस्टिवल) को आज उद्घाटन गर्दै उनले मातृभूमिप्रतिको कर्तव्य पूरा गर्न प्रवासी नेपालीलाई आग्रह गरे। 'तपाईंरुलाई अष्ट्रेलियासम्म आउने र यो पहिचान बनाउने अवसर आफ्नै मातृभूमिले दिएको हो। नेपाल संविधानको कार्यान्वयनमार्फत आर्थिक समृद्धि र स्थिरतातर्फ अघि बढिरहेकाले समृद्ध नेपालको निर्माणमा सघाउन संसारभर रहेका नेपालीलाई आग्रह गर्दछु,' मन्त्री महतले भने।
 
आफ्नो अष्ट्रेलिया भ्रमणको उद्देश्य दुई देशबीचको सम्बन्धको विकास विस्तारका साथै नेपालीको भावना बुझ्ने रहेको भन्दै उनले दुई देशबीचको सम्बन्धको विकासमा नेपालीले पुर्‍याएको योगदानको सराहना गरे।
 
सिड्नीको पर्यटकीयस्थलमा आयोजित महोत्सवमा अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीको सहभागिता छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell