PahiloPost

Dec 28, 2025 | १३ पुष २०८२

‘इम्प्याक्ट म्याराथन सिरिज’को अन्तर्राष्ट्रिय म्याराथन ककनीमा सम्पन्न



पहिलोपोस्ट

काठमाडौँ : विश्वमा भ्रातृत्व जगाउने उद्देश्यले नुवाकोटको ककनीमा आज अन्तर्राष्ट्रिय म्याराथन सम्पन्न भएको छ।
 
म्याराथनको अन्तर्राष्ट्रिय संस्था ‘इम्प्याक्ट म्याराथन सिरिज’को आयोजनामा भएको उक्त कार्यक्रममा नेपालसहित बेलायत, फ्रान्स, बोलिभिया, मरिसस लगायत देशका ४०९ धावकको सहभागिता थियो।
 
जसमध्ये दुई सय ३४ जना नेपालका तथा बाँकी अन्य मुलुकका थिए। ग्लोबल एक्सन नेपालसँगको सहकार्यमा भएको कार्यक्रममा ४२ किमी, २१ किमी र १० किमी गरी तीन विधामा धावक दौडिएका थिए।
 
सोमध्ये ४२ किमीको दूरी ककनीदेखि काठमाडौँको शिवपुरीसम्मको थियो। अन्य दूरीको दौड सोही क्षेत्रका गाउँ आसपासमा पूरा भएको थियो।
 
म्याराथन दौड प्रतिस्पर्धात्मक नभएर सरकारले ल्याएको दिगो विकास लक्ष्यबारे चेतना जगाउने उद्देश्यले भएको विके श्रेष्ठले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell