PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

डायरीमा 'भिलेन' रेखाको यस्तो रुप



पहिलोपोस्ट

डायरीमा 'भिलेन' रेखाको यस्तो रुप

काठमाडौं : फिल्म 'डायरी'को टिजर सार्वजनिक गरिएको छ।

छुल्ठिम गुरुङ, सन्नी सिंह र रेखा थापाको अभिनय रहेको फिल्मको टिजर शनिबार सार्वजनिक गरिएको हो। छुल्ठिम र सन्नीको मायाको संसारमा रेखाको प्रवेश भएसँगै आउने उतारचढावलाई फिल्ममा देखाइएको छ।

छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण रहेको फिल्मलाई आवरण फिल्म मार्फत निर्माताको रुपमा फिल्ममा प्रवेश गरेका अनिल योन्जनले निर्देशन गरेका छन्। फिल्म नोभेम्बेर रेन मार्फत डल्लीको उपनामले चर्चामा आएकी अभिनेत्री छुल्ठिम गुरुङ यसै फिल्म मार्फत निर्मात्री बनेकी छिन्। फिल्ममा रेखा भने भिलेनको रुपमा देखिएकी छिन्।
 
रुपा राणा, विनोद पौडेल, दिनेश डिसी लगायतका कलाकार पनि फिल्ममा देखिएका छन्। यसको कथा छेतेन गुरुङको रहेको छ। शिवराम श्रेष्ठले छायांकन गरेको फिल्मको सम्पादन प्रविन श्रेष्ठले गरेका हुन्। चैतमा फिल्म हलमा लाग्नेछ।
 
फिल्मको कथा मन परेकोले नै निर्मात्री बनेर काम गरेको छुल्ठिमको भनाइ छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell