PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

रुपन्देहीलाई ट्राईबेकरमा हराउँदै एपीएफले जित्यो 'सुरुङ्गा गोल्डकप'को उपाधि



पहिलोपोस्ट

रुपन्देहीलाई ट्राईबेकरमा हराउँदै एपीएफले जित्यो 'सुरुङ्गा गोल्डकप'को उपाधि

विभागिय क्लब एपीएफले झापामा भएको 'सहारा सुरुङ्गा गोल्डकप' फुटबलको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा रुपन्देशी-११ लाई ट्राईबेकरमा ५-३ ले पराजित गर्दै एपीएफले उपाधि जितेको हो।

निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा धकेलिएको हो। एक गोलले पछि परेको अवस्थामा रुपन्देहीका लागि बराबरी फर्काएका विमल घर्ती मगर ट्राईबेकरमा पेनाल्टी प्रहनर गर्न असफल भएका थिए।

एपीएफको जितमा अन्जल विष्ट, नविन लामा, आदित्य चौधरी, मिलन राई र सन्तोष कटुवालले पेनाल्टी प्रहारलाई गोलमा परिणत गरे। रुपन्देहीका विजय धिमाल, रन्जित धिमाल र विक्रम लामा मात्र गोल गर्न सफल भए।

निर्धारित समयमा एपीएफका लागि गोल गर्दै अग्रता दिलाएका आदित्य चौधरी फाइनल खेलको 'म्यान अफ दि म्याच' घोषित भए।

च्याम्पियन एपीएफले नगद ३ लाख ५१ हजार १११ रुपैयाँ नगद पुरस्कार हात पारेको छ। उपविजेता बनेको रुपन्देहीका विक्रम लामा 'मोस्ट भ्यालुएबल प्लेअर' घोषित भए। उनले नगद २५ हजार प्राप्त गरे।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell