PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

​फुटसल लिग : रजनी फुटसललाई हराउँदै ढुकु शिर्ष स्थानमा



पहिलोपोस्ट

​फुटसल लिग : रजनी फुटसललाई हराउँदै ढुकु शिर्ष स्थानमा

काठमाडौं : ढुकु फुटसल फुटसल लिगको समूह ए मा शीर्ष स्थानमा उक्लेको छ। शनिबार घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा ढुकु फुटसलले रजनी फुटसललाई ७–५ गोल अन्तरले हरायो। 

ढुकुको जितमा सिद्धान्त बस्नेतले ह्याट्रिक गर्दा म्यानअफ द म्याच मुस्कान लामाले २ गोल गरे। त्यस्तै प्रकाश अधिकारीले १ गोल गरे भने एक गोल रजनी फुटसलले आत्माघाती उपहार दियो।

रजनीकाल लागि अयुष कार्की र सुसान केसीले २/२ तथा अनिस थापाले १ गोल गरे।

जितसँगै १० खेलबाट २१ अंक जोडेको ढुकु फुटसल समूह ए को शीर्ष स्थानमा उक्लिएको छ। ९ खेलबाट २१ अंक जोडेपनि गोल अन्तरका कारण किकअफ दोश्रो स्थानमा झरेको छ।

तेश्रा स्थानमा रहेको ह्वाइटहर्षको १० खेलबाट १९ अंक छ । रजनी फुटसल १० खेलबाट १२ अंकका साथ पाचौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell