PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

प्रिमियर लिग : अगुएरोको २ गोलमा बर्नलेलाई हराउँदै म्यानचेष्टर सिटी शीर्ष स्थानमा



पहिलोपोस्ट

प्रिमियर लिग : अगुएरोको २ गोलमा बर्नलेलाई हराउँदै म्यानचेष्टर सिटी शीर्ष स्थानमा


म्यानचेष्टर सिटी प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। १३ औं चरणको खेलमा सिटीले बर्नलेलाई उसैको मैदानमा २-१ गोल अन्तरले पराजित गरेको हो।

एक गोलले पछि परेको स्थितीमा सिटीलाई कमब्याक भिक्ट्री दिलाउन सर्जियो अगुएरोले २ गोल गरे।

घरेलु मैदानमा डिन मर्नेएले गोल गर्दै १४ औं मिनेटमै बर्नलेलाई अग्रता दिलाएका थिए। तर उसको अग्रता लामो समय टिकेन। ३७ औं मिनेटमा अगुएरोले डि एरिया भित्रबाट गोल गर्दै पहिलो हाफमै १-१ को बराबरीमा पुर्‌याए।

बर्नलेको डिफेन्सको गल्तीमा पहिलो गोल गरेका अगुएरोले दोस्रो गोल पनि डिफेन्डरहरुको तालमेल नमिल्दा गरेका थिए। ६० औं मिनेटमा अगुएरोले वयक्तिगत दोस्रो गोल गरेसँगै सिटीले २-१ को अग्रता बनायो।

यस सिजन बर्नलेको लागि पहिलो खेल खेलेका इंगल्याण्डका पूर्व गोलरक्षक पउल रोविन्सनले केही उत्कृष्ट बचाउ गर्दा सिटी गोल अन्तर बढाउन असफल भएको थियो।

जितपछि १३ खेलबाट ३० अंक जोडेको सिटी चेल्सीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको हो। 

चेल्सीले आजै लण्डन डर्बीमा टोटनहम हट्सपरसँग प्रतिस्पर्धा गर्दैछ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell