PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

​ला लिगा : रियल मड्रिडको जितमा रोनाल्डोको दुई गोल



पहिलोपोस्ट

​ला लिगा : रियल मड्रिडको जितमा रोनाल्डोको दुई गोल

क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्वतमा लिग लिडर रियल मड्रिडले ला लिगमा स्पोर्टिङ गिहोनलाई पराजित गरेको छ। गएराती घरेलु मैदान सान्टियागो बर्नावेउमा भएको खेलमा रियलले गिहोनलाई २-१ ले पराजित गरेको हो।

जितसँगै रियलले दोस्रो स्थानको सेभियामाथि माथि ६ अंकको अग्रता कायम गरेको छ। अर्को खेलमा सेभियाले भ्यालेन्सियालाई पराजित गरेपछि बार्सिलोना तेस्रोमा झरेको छ।

खेलको पाँचौं मिनेटमै रोनालडोले पेनाल्टी मार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। गिहोनला सर्जियो अल्भारेजले डि एरिया भित्र लुकासलाई फल गरेपछि रियलले पेनाल्टी पाएको हो।

१८ औं मिनेटमा रोनाल्डोले हेडिङ मार्फत गोल गर्दै रियलको अग्रता दोब्बर पारे। ३५ औं मिनेटमा स्पोर्टिङ गिहोनका कार्लो कारमोनालो गोल गर्दै गोल अन्तर कम २-१ मा झारेका थिए।

एक गोलले पछि परेको स्पोर्टिङ गिहोनले दोस्रो हाफमा बराबरी गर्ने मौका पाएपनि सदुपयोग गर्न सकेन। ७८ औं मिनेटमा गिहोनका रोमेरोलाई रियलका नाचो फर्नान्डेजले फल गरेपनि पेनाल्टीको अवसर पाएको थियो। तर डुजे कपले प्रहार गरेको पेनाल्टी गोलमा परिणत हुन नसकेपछि अन्तत रियल २-१ ले विजयी भयो।

जितपछि रियलको १३ खेलबाट ३३ अंक भएको छ। 

यस्तै सेभियाले भ्यालेन्सियालाई २-१ ले हराउँदै दोस्रो स्थानमा उक्लेको छ। सेभियाको जितमा निकोलस परेजाले निर्णायक गोल गरे। यसअघि भ्यालेन्सियाका एजेक्वेल ग्रेले आत्मघाती गोल गरेपछि ५३ औं मिनेटमा सेभियाले अग्रता लिएको थियो। ६५ औं मिनेटमा भ्यालेन्सियाका मुनिर अल हड्डाईले बराबरी गोल फर्काएका थिए।

जितपछि सेभियाले १३ खेलबाट २७ अंक जाड्दै बार्सिलोनालाई उछिनेको छ। एक खेल कम खेलेको बार्सिलोनाको २६ अंक छ र आज रियल सोसिडाडसँग खेल्दैछ।

ला लिगाकै अनय खेलमा मालागाले डेपार्टिभा ला कुरानालाई ४-३ ले तथा स्पानयोलले लेगानेसलाई ३-० ले पराजित गरेको छ।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell