PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

बुण्डेसलिगा : वायर्नले लेभरकुजनलाई हरायो, डर्टमण्ड फ्रान्फर्टसँग पराजित



पहिलोपोस्ट

बुण्डेसलिगा : वायर्नले लेभरकुजनलाई हरायो, डर्टमण्ड फ्रान्फर्टसँग पराजित

जर्मन बुण्डेसलिगा अन्तर्गत गएराती भएको खेलमा वायर्न म्युनिखले वायर लेभरकुजनलाई २-१ ले पराजित गरेको छ।

घरेलु मैदान एलिएन्ज एरेनामा भएको खेलमा वायर्नलाई ३ अंक दिलाउन थियागो अलकान्ट्रो र माट्स हुमल्सले १/१ गोल गरे। लेभरकुजनका लागि हाकान चाल्हानोग्लुले एक गोल गरे।

जितपछि वायर्न १२ खेलबाट २७ अंक जोड्दै दोस्रो स्थानमा छ। जारी सिजन शानदार प्रदर्शन गरिरहेको लेइपजिग ३० अंकका साथ शीर्ष स्थानमा छ।

बुण्डेसलिगाकै अर्को खेलमा बोरुसिया डर्टमण्ड भने एनट्रयाक फ्रान्कफर्टसँग २-१ ले पराजित भएको छ। फ्रान्कफर्टको जितमा हुस्टी र हरिस सेफेरोभिकले १/१ गोल गरे। डर्टमण्डका लागि पिएरे एमरिका औवामेयाङले एक गोल गरेपनि हार टार्न पर्याप्त रहेन।

जितपछि फ्रान्कफर्ट २४ अंक जोड्दै तेस्रो स्थानमा उकलेको छ। २१ अंक रहेको डर्टमण्ड छैटौं स्थानमा छ। 

यता होफेनहेइमले बुण्डेसलिगमा अपराजित यात्रालाई कायमै राखेको छ। होफेनहेइमले बोरुसिया मोन्चेनग्लाडबाकलाई १-१ को बराबरीमा रोकेको हो। 

घरेलु मैदान महमोउड दाहोउडले पहिलो हाफमा गोल गर्दै मोन्चेनग्लाडबाकलाई पहिले अग्रता दिलाएका थिए। तर नादियम अमिरीले दोस्रो हाफमा बराबरी गोल फर्काउँदै होफेमहेइमलाई एक अंक दिलाए।    

बराबरीपछि १२ खेलबाट एफसी कोलोग्न समान २२ अंक जोडेको होफेनहेइम गोल भिन्नतामा पछि पर्दै पाँचौं स्थानमा छ। कोलोग्न गएराती भएको खेलमा अग्सवर्गसँग गोलरहित बराबरीमा रोकिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell