PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

​कन्फेडेरेसन कपको ड्र सार्वजनिक, जर्मनी र चिली एउटै समूहमा



पहिलोपोस्ट

आगामी वर्ष रसियामा हुने कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको ड्र सार्वजनिक भएको छ।

शनिबार कजानमा गरिएको ड्र अनुसार सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। 

समूह ए मा युरोपियन च्याम्पियन्स पोर्चुगल, कोनकाकाफ च्याम्पियन मेक्सिको, आयोजक रसिया र ओसियान च्याम्पियन न्युजिलयाण्ड छन।

यस्तै समूह बी मा विशव विजेता जर्मनी, कोपा अमेरिका च्याम्पियन चिली र एसियन च्याम्पियन अष्ट्रेलिया छन्। अफ्रिका कप अफ नेसन्सको विजेताको टुङ्गो लागेसँगै उक्त च्याम्पियन पनि समूह बी मा रहनेछ।

सन् २०१८ को विश्कप फुटबल हुनु अघि विभिन्न महादेशका च्याम्पियनहरु बीच हुने कन्फेडेरेसन कप २०१७ जुन १७ देखि जुलाई २ सम्म स१चालन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell