काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार सिंहदरबार स्थित कार्यालय फरक शैलीमा पुगे। उनको अगाडि र पछाडी स्कर्टिङ त थियो नै तर फरक थियो उनी चढ्ने गाडी।
आइतबार उनी साझा यातायातमा चढेर कार्यालय पुगे। दाहाल साझा यातायातका ३० वटा नयाँ बस सञ्चालनको उद्घाटनपछि बस चढेर कार्यालय तर्फ लागेका हुन्। प्रधानमन्त्री प्रचण्ड सेतो रङको प्राडो गाडी चढ्छन्। त्यसो त औपचारिक समारोहमा उनी कालो रङ्गको कार प्रयोग गर्छन्। तर आइतबार उनी हरियो सार्वजनिक बस चढेर कार्यालय पुगे। गाडीमा निलो र सेतो रङ्गको बेलुन सजाइएको थियो।

सिंहदरबारमा गाडीबाट झरेपछि पत्रकारसँग कुराकानी गर्दै प्रचण्ड। फोटो : दिनेश श्रेष्ठ
माओवादी केन्द्रका नेता नाराणकाजी श्रेष्ठ, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्वजनिक सवारी चढेर हिँडेको धेरैलाई थाहा छ। तर प्रधानमन्त्री प्रचण्डले पनि आइतबार साझा बस चढेर दङ्गदास बनाएका छन्। प्रधानमन्त्री दाहाल मात्र होइन यातायात मन्त्री रमेश लेखक समेत सोही साझा वसमा सवार थिए। स्थानिय विकास मन्त्री हितराज पाण्डे पनि गाडीमा थिए।
गाडीको बिचमा झ्याल पट्टीको सिटमा बसेका प्रचण्डसँग कुम जोडेर बसेका थिए एमाले सांसद केशब बडाल । साथै उद्योगी व्यवसायी र कलाकार हरिवंश आर्चाय, मदनकृष्ण श्रेष्ठ समेत सवार थिए। प्रचण्डलाइ साझा यातायातका सिइओ महेन्द्र पाण्डले बसमा कसरी साझा यातायात प्रयोग गर्ने र बसले ल्याउन लागेको कार्डबाट पैसा तिर्ने सिस्टमबारे जानकारी दिएका थिए।