PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

​३७ सिटको राप्रपाको संसदीय दलको नेतामा कमल थापा सर्वसम्मत



पहिलोपोस्ट

​३७ सिटको राप्रपाको संसदीय दलको नेतामा कमल थापा सर्वसम्मत

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा कमल थापा सर्वसम्मत रुपमा चयन भएका छन्। राप्रपा नेपाल र राप्रपाबीच एकता भएपछि बसेको संसदीय दलको संयुक्त बैठकबाट थापा सर्वसम्मत चयन भएका हुन्।

थापालाइ संसदीय दलको नेताको रुपमा राप्रपाका एकता हुनु अघिका संसदीय दलका नेता दिपक बोहोराले प्रस्ताव गरेका थिए। कमल थापा राप्रपा नेपालको संसदीय दलको नेता थिए।

बोहोरा भने उपनेता चयन भएका छन्। राप्रपाका अध्यक्ष समेत रहेका थापाले बोहोरालाइ उपनेतामा प्रस्ताव गरेका थिए। एकतासँगै राप्रपाको संसदीय दल ३७ सदस्यीय बनेको छ।

राप्रपा नेपाल र राप्रपाबीच एकताका बेलाथापालाइ संसदीय दलको नेता बनाउने सहमति भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell