PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

आदिबासी नेताहरुद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र, १० प्रदेशको प्रस्ताव दर्ता गर्न माग



पहिलोपोस्ट

आदिबासी नेताहरुद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र, १० प्रदेशको प्रस्ताव दर्ता गर्न माग

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पद्मरत्न तुलाधर नेतृत्वको आदिबासी जनजाति आन्दोलनका अगुवाहरुले ज्ञापनपत्र बुझाएका छन्।

आइतबार बिहान बालुवाटारमा भेट गरी बुझाएको ज्ञापनपत्रमा संविधान संशोधन गर्दा पहिलो संविधान सभाको राज्य पूनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समिति र राज्य पूनर्संरचना आयोगको प्रतिवेदनलाई आधार बनाएर १० प्रदेशको प्रस्ताव दर्ता गर्न माग गरिएको छ।

प्रतिनिधि मण्डलले पहिलो संविधान सभाको समिति र आयोगको प्रतिवेदनलाई आधार बनाएर अघि बढ्न सम्भव नभए सोहीअनुसार कार्यदेश दिई शक्तिशाली आयोग बनाएर सीमाङ्कन लगायतका विषय टुंगो लगाउन ध्यानाकर्षण गराएको छ।

प्रधानमन्त्रीले संविधान संशोधनको विषय अन्तिम चरणमा पुगेको बताउँदै सत्ता पक्षमा भएका पार्टीसँग एकपटक छलफल गरेर मात्रै यसलाई टुंगाइने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell