PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

​नेपालमा ८ वर्षपछि अन्तर्राष्ट्रिय ब्याड्मिन्टन हुँदै, 'नेपाल इन्टरनेसनल सिरिज' मंसिर २८ देखि



पहिलोपोस्ट

​नेपालमा ८ वर्षपछि अन्तर्राष्ट्रिय ब्याड्मिन्टन हुँदै, 'नेपाल इन्टरनेसनल सिरिज' मंसिर २८ देखि

काठमाडौं : नेपालमा ८ वर्षपछि अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल ब्याड्मिन्टन संघले यही मंसिरको अन्त्यमा 'नेपाल बिडब्लूएम इन्टरनेसनल सिरिज' को अायोजना गर्न लागेको हो।

विश्व ब्याडमिन्टनको सर्वोच्च निकाय ब्याडमिन्टन वर्ल्ड फेडेरेसन बिडल्लूएफ र ब्याडमिन्टन एसियाको स्वीकृतिमा नेपाल इन्टरनेसनल सिरिज यही मंसिर २८ देखि पुष २ गतेसम्म आयोजना हुनेछ।

ब्याडमिन्टनमा प्रभावशाली मानिने इन्टरनेसनल सिरिज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ। बिडब्लूएफको क्यालेन्डर अनुसार विभिन्न देशका आयोजना हुँदै आएको इन्टरनेसनल सिरिज बिढब्लूएफको सदस्य राष्ट्रले मात्र आयोजना गर्न पाउनेछ।

इन्टरनेसनल सिरिजमा १३ देशका शीर्ष वरीयताका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टस संघ द्धारा जारी विज्ञप्तीमा उल्लेख छ। जसमा नेपाल सहित भारत, बंगलादेश, भुटान, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, भियतनाम, मलेसिया, इरान, फिलिपिन्स, इन्डानेसिया र सिरियाका खेलाडी रहनेछन्।

सिरिजमा विभिन्न ५ इभेन्टसमा प्रतिस्पर्धा गराइनेछ। मेन्स सिंगल, वुमन्स सिंगल, मेन्स डबल्स, वुमन्स डबलस, मिक्स डबल्स गरी कुल ९४ खेलाडीको सहभागिता रहनेछ।

मेन्स सिंगलमा ३२, वुमन्स सिंगलमा २३ जनाले प्रतिस्पर्धा गर्नेछन् भने मेन्स डबलमा १४, वुमन्स डबल्समा १२ तथा मिक्स डबल्समा १३ जोडी बीच प्रतिस्पर्धा हुनेछ।

सबै विधाका विजेता र उपविजेताहरुलाई गरी कुल ६ हजार अमेरिकी डलर नगद पुरस्कार रहेको आयोजकले जनाएको छ।

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठका अनुसार यसअघि नै ५ अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको नेपालले सन् २००८ मा पछिल्लो पटक अन्तर्राष्ट्रि प्रतियोगिता आयोजना गरेको थियो।

अध्यक्ष श्रेष्ठले नेपाल इन्टरनेसनल सिररिजमा नेपालबाट १२ पुरुष र १० महिला गरी कुल २२ खेलाडीले सहभागिता जनाउने बताए। यस्तै खेलाडीहरुले प्रशिक्षण समेत सुरु गरेको उनले बताए। 

नेपालका खेलाडीहरु सबै विभामा राम्रो रहेकाले सबै विधामा आफुहरुको टार्गेट मेडल जित्नु रहेको श्रेष्ठले बताए।  उनले अहिले ब्याटमिन्टन खेल निकै प्रतिस्र्धात्मक भइरहेको जो कोही खेलाडी सुरुमै हार्न सक्ने वा मेडल जित्न सक्ने बताए।

केही साता अघि मात्र पाकिस्तानमा सम्पन्न अन्तर्राष्ट्रिय सिरिजमा नेपालका दिदिभाइ नङसलदेवी रत्नजित तामाङले मिक्स डबल्समा स्वर्ण पदक जितेका थिए। जुन नेपालले अहिलेसम्म हात पारेको सबैभन्दा ठुलो सफलता समेत हो।

नेपाल इन्टरनेसनल सिरिज आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले सहयोग गरेको केही कर्पोटरेट हाउसहरुले समेत प्रायोजनमा चासो देखाएको संघले बताएको छ। 

इन्टरनेसनल सिरिज सम्पन्न गर्न ४० लाख भन्दा बढी खर्च लाग्ने संघले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell