PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

जलेश्वरका जेलमा कैदीहरुबीच झडप, सेना र प्रहरीको हस्तक्षेप



पहिलोपोस्ट

जलेश्वरका जेलमा कैदीहरुबीच झडप, सेना र प्रहरीको हस्तक्षेप

महोत्तरी :  जलेश्वर कारागारमा कैदीहरुबीच आज बिहान झडप हुँदा ८ जना घाइते भएका छन्।  झडपलाई नेपाली सेना, नेपाल प्रहरी र कारागार कर्मचारीले नियन्त्रणमा लिएको थियो।

घाइते भएका सञ्जय बम्जन, दिनेश भुजेल, सुरेन्द्रप्रसाद सिंह, रमेशकुमार यादव लगायतको अहिले जलेश्वरको कान्ति सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

कर्तव्य ज्यानको मुद्दामा सजाय भोगिरहेका कैदी सन्तोष पण्डितले भाइ नाइके काजी साहलाई पिटेपछि झडप भएको प्रहरी निरीक्षक रविन्द्र खनालले जानकारी दिएका छन्।

दुई गुटमा रहेका कैदीहरुबीच भएको सामान्य विवाद बढ्दै जाँदा झडप भएको हो। अहिले घटनाको थप अनुसन्धान भइरहेको खनालले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell