PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

​पारस खड्काको २२ यार्ड क्लब 'युएस ओपन क्रिकेट'को क्वाटरफाइनलबाटै बाहिरियो



पहिलोपोस्ट

​पारस खड्काको २२ यार्ड क्लब 'युएस ओपन क्रिकेट'को क्वाटरफाइनलबाटै बाहिरियो

नेपाली टीमका कप्तान पारस खड्का सहभागि २२ यार्ड क्रिकेट क्लब अमेरिकामा जारी 'युएस ओपन क्रिकेट' प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिएको छ। 

ग्रुप राउण्डमा उत्कृष्ट प्रदर्शन गरेको २२ यार्ड क्वाटरफाइनलमा इन्डियन्स लायन्ससँग ७ विकेटले पराजित भएको हो। २२ यार्डले दिएको १२५ रनको लक्ष्य लायन्सले १६.१ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गरेको थियो।

नेपालका कप्तान पारस खड्काले ब्याटिङमा एक रन माउ बनाउन सके भने बलिङमा पनि १ विकेट हात पारे।

लायन्सको जितमा जर्मकन खेलाडी रिकार्डो पावेलले नटआउट रहँदै ५६ रन बनाए भने लेण्डल सिमोन्सले नटआउट ४१ रन जोडे।

सिमोन्स गत वर्ष भारतमा भएको टी २० विश्वकप वेष्ट इन्डिजले जित्दा त्यसका सदस्य थिए। सिमोन्ससँगै लायन्सबाट वेष्ट इन्डिजका बलर क्रिस्टोफर सान्तोकीले समेत खेलेका थिए। 

(फोटो : २२ यार्ड क्रिकेट क्लबको फेसबुक पेजबाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell