PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

प्रधानमन्त्रीलाई रामदेवले व्यस्त बनाएपछि आज हुन सकेन सं‌विधान संशोधन विधेयक दर्ता



मनोज सत्याल

प्रधानमन्त्रीलाई रामदेवले व्यस्त बनाएपछि आज हुन सकेन सं‌विधान संशोधन विधेयक दर्ता

काठमाडौँ : प्रधानमन्त्री भारतीय योगगुरु रामदेवको कार्यक्रममा सहभागी हुन राजधानीबाहिर जानु परेकोले सं‌विधान संशोधन विधेयक आज दर्ता हुन सकेन। 

आज बस्ने मन्त्रिपरिषद्को बैठकले संविधान सं‌शोधन विधेयकको मस्यौदा पारित गर्दै संसदमा दर्ता गर्ने तयारी थियो। तर प्रधानमन्त्रीको व्यस्तता कारण विधेयकको मस्यौदा पारित नभएको सरकारका प्रवक्ता सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए।

मन्त्री रमेश लेखकले संविधान संशोधनका विषयमा सामान्य छलफल भएको जानकारी दिए।

 मन्त्री कार्कीका अनुसार भोलि पनि मन्त्रिपरिषद्को बैठक डाकिएको छ। 

प्रधानमन्त्रीको सचिवालयले आज बिहान सार्वजनिक गरेको प्रधानमन्त्रीको आजका कार्यक्रममा योगगुरु रामदेवको योग शिविर समापन कार्यक्रममा सहभागी हुनेबारे उल्लेख नभए पनि प्रधानमन्त्री संविधान संशोधन जस्तो महत्त्वपूर्ण विषयलाई थाती राखेर बारा जाने भएका हुन्।

यसअघि हिजो रामदेवको फेसबुकमा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई आशीर्वाद दिएको भन्दै फोटो अपलोड गरिएको थियो। 
  
यसअघि शुक्रबार संविधान संशोधन विधेयक संसदमा दर्ता गर्ने तयारी भए पनि थप छलफलका लागि भन्दै आइतबारसम्मका लागि सारिएको थियो। 

सम्बन्धित समाचार
यी हुन् संशोधन गर्ने तयारी गरिएका संविधानका धाराहरु

(फाइल फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell