PahiloPost

May 9, 2025 | २६ बैशाख २०८२

​तेस्रो टेष्टमा अष्ट्रेलियाको सान्त्वना जित, सिरिज दक्षिण अफ्रिकाले २-१ ले जित्यो



पहिलोपोस्ट

​तेस्रो टेष्टमा अष्ट्रेलियाको सान्त्वना जित, सिरिज दक्षिण अफ्रिकाले २-१ ले जित्यो

अष्ट्रेलियाले घरेलु मैदानमा भएको तेस्रो टेष्टमा दक्षिण अफ्रिका विरुद्ध ७ विकेटको जित हात पारेको छ। यसअघि नै दुई टेष्टमा हार बेहोरिसकेको अष्ट्रेलियाका लागि यो जित सान्त्वना जित भएको छ।

तेस्रो टेष्ट हारेपनि यसअघिका दुई टेष्ट जित्दै सिरिज कब्जा गरिसकेको दक्षिण अफ्रिकाले ३ टेष्टको सिरिज २-१ ले जितेको छ।

पर्थमा भएको पहिलो टेष्ट दक्षिण अफ्रिकाले १७७ रनले जितेको थियो भने होवार्टमा भएको दोस्रो टेष्ट १ इनिङ र ८० रनले विजयी भएको थियो।

एडेलेइड ओभलमा जितमा लागि अष्ट्रेलियालाई दोस्रो पारीमा १२७ रन आवश्यक थियो। जुन अष्ट्रेलियाले चौथो दिन ४०.५ ओभर खेल्दै ३ विकेट गुमाएर पुरा गर्यो।

यसअघि दक्षिण अफ्रिकाले १९४/६ बाट चौथो दिनको खेल सुरु गरेको थियो। ८१ रनमा नटआउट रहेका स्टेफेन कुनले शतक पुरा गर्नूबाहेक दक्षिण अफ्रिकाका अन्य खेलाडी जम्न सकेनन्। कुकुले १०४ रन बनाए। दक्षिण अप्रिकाले चौथो दिन थप ५६ जोड्दै बँकी ४ विकेट गुमायो।

जवाफमा १२७ रनको लक्ष्य पुरा गर्ने क्रमम अष्ट्रेलियाका ओपनर डेविड वार्नरले सर्वाधिक ४७ रन जोडे भने कप्तन स्टिभ स्मिथले ४० रन बनाए। यस्तै यसै टेष्टमा डेब्यु गरेका अर्का ओपनर माट रनशले नआटउ ३४ रनको योगदान गरे। अर्का डेबुटान्ट पिटर हयाण्ड्सकम्बले विजयी रन प्रहार गरे।

पहिलो इनिङमा शानदार शतक बनाएका उस्मान खवाजा भने खाता नखोली आउट भए। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भ्रमणकारी टोली दक्षिण अफ्रिकाले कप्तन फाप डु प्लेसिसको शतक मद्वतमा २५९ रन बनाएको थियो भने जवाफमा अष्ट्रेलियाले खवाजको शतकमा ३८३ रन जोडेको थियो। पहिले इनिङमा शतक बनाएका खवाजा 'म्यान अफ दि म्याच' घोषित भए।

सिरिजभर कुल १२ विकेट लिएका दक्षिण अफ्रिकाका बलर भर्नोन फिलन्डर 'म्यान अफ दि सिरिज' घोषित भए।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell