PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

​भारतीय गायिकाको नेपाल कन्सर्ट गुपचुप स्थगित



पहिलोपोस्ट

​भारतीय गायिकाको नेपाल कन्सर्ट गुपचुप स्थगित

काठमाडौं: भारतीय गायिका शालमली खोलगडेको नेपालमा हुने भनिएको कन्सर्ट गुपचुप स्थगित भएको छ। तर कन्सर्ट किन स्थगित भयो भन्ने विषयमा भने आयोजकले खुलाएका छैनन्।

गत सेप्टेमबर ११ मा होटल अन्नपुर्णमा प्रेस सम्मेलन गरी भारतीय गायिका शलमाली खोलगडे नेपाल आउने आयोजकले सार्वजनिक गरेको थियो। ‘गुड ह्युम्यान अर्गनाइजेसन’ले आयोजना गर्ने भनिएको कार्यक्रमको प्रचार केन्द्रमा रहिन् बलिउड गायिका शलमाली थिइन्। कन्सर्टको नाम दिएको थियो - 'बलिउड लाइभ कन्सर्ट'।


कार्तिक २७ गते (नोभेम्ब र १२) का लागि तय भएको भनिएको सो कन्सर्ट आयोजना नै भएन। न त कार्यक्रम सरेको विषयमा कुनै औपचारिक जानकारी आयोजकले गरायो।

पहिलोपोस्टसँगको कुराकानीमा आयोजक गुड ह्युम्यान अर्गनाइजेसनका दशरथ सुनारले भने,'कार्यक्रम प्राविधिक समस्याका कारण सरेको हो।'  कन्सर्टको घोषणा तारे होटलबाट गरिएपनि उनले आयोजकले कार्यक्रम स्थगित भएको जानकारी केवल फेसबुक स्टाटस मार्फत गराएका छन्।

स्टाटसमा उनले लेखेका छन् – ‘कन्सर्ट डिसेम्बर २४ मा हुनेछ।‘  तर के हो त प्राविधिक समस्या? भन्ने प्रश्नमान उनी मौन बसे। 'कारण खुलाउँदा स्पोन्सरहरुलाई असर गर्न सक्छ।'

सुनारले कन्सर्ट शलमाली खोलगडेकै उपस्थितीमा जावलाखेल ग्राउण्डमा हुने समेत बताए।

कन्सर्टमा शलमालीसँगै नेपालका चर्चित संगीत कर्मीहरु रविन एण्ड द न्यु रोभुलेसन्स, काली प्रसाद बास्कोटा, बाबु बोगटी, अल्मोडा राना उप्रेती, सोमिया बाराइली लगायतको पनि प्रस्तुती रहने उनले दावी गरे। लाइभ कन्सर्टलाई संचारकर्मी सन्दीप क्षेत्री र ओशिन सिटौलाले संचालन गर्नेछन्।

आयोजक दशरथ सुनारले कन्सर्टबाट संकलित रकमको १५ प्रतिशत भूकम्प पीडितका लागि खर्च हुने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell