PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

​एएफसी च्याम्पियन लिगको उपाधि कोरियन क्लब जेओनबकलाई



पहिलोपोस्ट

​एएफसी च्याम्पियन लिगको उपाधि कोरियन क्लब जेओनबकलाई

दक्षिण कोरियन क्लब जेओनबक हुण्डाई मोटर्सले दोस्रो पटक एएफसी च्याम्पियन्स लिगको उपाधि जितेको छ।

शनिबार भएको एएफसी च्यापिम्यन्स लिग अन्तर्गत दोस्रो लेगको फाइनलमा युएईको अल अइन एफसीसँग १-१ को बराबरी खेल्दै समग्रमा ३-२ ले जेओनबक च्याम्पियन बनेको हो। घरेलु मैदानमा अघिल्लो शनिबार भएको पहिलो लेगको फाइनल जेओनबकले २-१ ले जितेको थियो।

अल अइनको मैदानमा पनि ३० औं मिनेटमा हान को ओनले गोल गर्दै जेआनबकलाई पहिले अग्रता दिलाएका थिए। त्यसको ४ मिनेटपछि नै कोरियन खेलाडी ली मयुङ जु ले गोल गर्दै १-१ को बराबरी गरेका थिए। तर त्यसपछि घरेलु मैदान अल अइनले गोल थप्न सकेन र जेआनबुक उपाधि जित्न सफल भयो।

'२००६ यता यो हाम्रो पहिलो एसियन उपाधि हो। म एकदमै खुशी छु।' उपाधि जितेपछि कोरियन प्रशिक्षक चोइ काङ ही ले भने। 'सन् २०११ मा जब हामीले अल शादसँग फाइनल हार्यौं, मैले समर्थकहरु उदास भएको पाएँ। त्यसैले एसियन च्याम्पियन्स लिगको उपाधि जित्नु सम्झनलायक उपलब्धी हुनेछ।'

जेओनबकले सन् २००६ यता पहिलो पटक एएफसी च्याम्पियन्स लिगको उपाधि जितेको थियो। पछिल्लो पटक सन् २०११ मा फाइनल खेलेको जेओनबक फाइनलमा अल शादसँग पेनाल्टी सुटआउटमा हारेको थियो।

एएफसी च्याम्पियन्स लिगको उपाधि जितेुसँगै जेओनबक आगामी डिसेम्बर दोस्रो साताबाट जापानमा सुरु हुने क्लब विश्वकपका लागि छनोट भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell