PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

कुवेतको संसदीय निर्वाचनमा एक मात्र महिला विजयी



पहिलोपोस्ट

कुवेतको संसदीय निर्वाचनमा एक मात्र महिला विजयी

कुवेत : पेट्रोलियम पदार्थको धनी खाडी मुलुक कुवेतको ५० सदस्यीय संसदका लागि भएको निर्वाचनमा एक सदस्य बाहेक अन्य सम्पूर्ण ४९ जना पुरुष प्रतिनिधि निर्वाचित भएका छन्।
 
निर्वाचनमा १५ महिला उम्मेदवार प्रतिस्पर्धामा रहेतापनि शनिबार सम्पन्न निर्वाचन परिणाम अनुसार एक मात्र महिला सफा अल असेम विजयी भएका हुन्।
 
सोमबार सार्वजनिक गरिएको मत परिणाममा यहाँको प्रतिपक्षी समूहको यसअघिको तुलनामा सदस्य सङ्ख्यामा सामान्य वृद्धि देखिएको छ। प्रतिपक्षी समूहले कुल २४ सीटमा जित हासिल गरेका छन्। रासस/एपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell