PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

'दंगाल'ले दियो आमिरलाई तनाव, पुन: पिउन थाले चुरोट



पहिलोपोस्ट

'दंगाल'ले दियो आमिरलाई तनाव, पुन: पिउन थाले चुरोट

बलिउड अभिनेता आमिर खानले चुरोट पिउन थालेका छन्। फिल्म 'दंगाल' रिलिज हुनु अघि उनले महसुस गरेको 'नर्भसनेस' टाढा राख्न चुरोट पुन: सुरु गरेको बताएका छन्।

कुनै समय चेन स्मोकर रहेका आमिरले चुरोटलाई पुरै त्याग्न नसकेपनि लगातार पिउन छोडेका थिए। तर केही समय यता आफ्ना फिल्म रिलिज अघि पैदा हुने डर, नर्भसनेस हटाउन चुरोटको सहारा लिन थालेका छन्। पिके, धुम थ्री र तलाश अघि पनि चुरोट पिएको खबर सार्वजनिक भएको थियो।

आमिरको छोरा आजाद खानलाई भने आफ्नो बुवाले चुरोट पिएको मन पर्दैन। त्यसैले आजादको वरिपरी रहँदा आमिरले चुरोट नपिउने टाइम्स अफ इन्डियाले जनाएको छ।

फिल्म दंगालको लागि आमिरले आफ्नो शरिर बढाएका हुन्। जसमा उनले पुर्व रेस्लर महाबिर सिंह फोगतको भूमिका निर्वाह गर्दैछन्। नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्मलाई आमिर आफैले निर्माण गरेका हुन्। दंगाल यही डिसेम्बर २३ मा सार्वजनिक हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell