- सरिता पौडेल -
जिल्ला अदालत चितवनका प्रमुख न्यायाधीश टेकनारायण कुंवर कार्यालयको कामले वैदेशिक भ्रमणमा रहेकाले पुस २५ गतेलाई फैसला मिति तय भएको कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद बरालले जानकारी दिए।
यसअघि गत कात्तिक पहिलो साता मंसिर १२ गतेलाई फैसला मिति तय गरिएको थियो। न्यायाधीश नभएको तथा विभिन्न प्राविधिक कारणहरु देखाउँदै पटक-पटक फैसला हुने मिति सर्दै गइरहेको छ।
सशस्त्र द्वन्द्वको समयमा प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न पूर्वी चितवनको जयमङ्गला आएको बेला कृष्णप्रसादको अपहरण गरी रत्ननगरको बकुलहरमा २०६१ साल जेठ २४ गते हत्या भएको थियो।
कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए। त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसाद अधिकारीले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको हो।
धेरै वर्षदेखि छोराका हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनसनकै क्रममा नन्दप्रसाद अधिकारीले मृत्यु भइसकेको छ भने आमा गंगामाया अधिकारी अझै पनि अनशनमै छिन्।