भीमदत्तनगर : मोटरसाइकलको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिका–१५ गोबरीयामा सात वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार युके ०३ १९२१ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा गोबरीयाका सात वर्षीय विवेक नाथको उपचारका क्रममा मृत्यु भएको हो।
टाउको र मुखमा गम्भीर चोट लागेका नाथको उपचारका क्रममा भारतको खटिमामा मृत्यु भएको हो। मोटरसाइकल चालक ठक्कर दिएपछि फरार रहेकोले खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ।रासस